ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ : एमाले महासचिव शंकर पोखरेल

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् । अब सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ । देश राजनीतिक स्थायित्व नहुनुको प्रमुख कारण निर्वाचन प्रणाली रहेको दुई दलका शिर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । त्यसैले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्न यो निर्णय लिन परेको पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्