देउवा र ओलीप्रति बालेनको त्यो व्यंग्य, जस्ले तताएको छ सामाजिक संजाल

काठमाडौं,१८ असार । संसदका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा शिर्ष नेताबीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यंग्य गरेका छन् । यस व्यंग्यले सामाजिक संजाल तातेको छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै बालेनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ बालेल शाहको यो शैली सर्वसाधारणले निकै रुचाएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।

मेयर बालेनले पछिल्लो समय गिरीबन्धु टी-स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । उनले यस प्रकरण लिएर कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्