गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा

काठमाडौं, १८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

विभागले आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ। त्यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा आज राती पनि धेरै भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ।

विभागका अनुसार आज देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ।

साथै आज राती सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस्