राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं, १८ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने पार्टी स्रोतले जनाएको छ । ।

आजको बैठक कांग्रेस र एमाले सत्ता समीकरणमा समझदारी गरेपछि पार्टी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि केन्द्रित हुने छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिले पार्टी र सरकार के गर्ने भन्ने विषयमा कुरा हुने रास्वापाले जनाएको छ । कांग्रेस र एमाले सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

कांग्रेस र एमालेले सोमबार मध्यरात आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यसले राष्टिज्ञय राजनीतिमा तरंग पैदा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्