सत्ता समीकरणमा फेरबदलसँगै माओवादी र काँग्रेस पार्टीको पदाधिकारी बैठक बोलाए

काठमााडौं, १८ असार। सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमतिभएपश्चात अब पार्टी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि पदाधिकारी बैठक बोलाएका हो । यो बैठकलाई अर्थका हेरिएको छ किनकी नेतेत्व परिवर्तन गरेर सरकारमा हनेकी सरकारबाट बाहिरिने यो यसले निर्णय गर्ने छ ।

सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । एमलेबाट मन्त्री बनेकाहरु राजीनामा गर्दै छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।

उता, नेपाली कांग्रेसले पनि हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्