वीरगञ्जको सिद्धार्थ बैंकमा आगलागी

काठमाडौं,१७ असार । सिद्धार्थ बैंकको वीरगञ्ज शाखामा आगलागी भएको छ । आज बेलुकी पर्साको वीरगञ्जस्थित भवनमा भीषण आगो लागेको हो ।

भवनमा आगो लागेर धूवाँको मुस्लो निस्किए आगो लागेपछि सो भवनमा रहेका सर्वसाधारणहरू भवनबाट भाग्दै बाहिर निस्किरहेका थिए ।

आगलागीबाट भवनमा  क्षति भएको छ । आगलागी के कसरी भयो र कति क्षति भयो भन्ने बारेमा केहि खुलेको छैन । हाल स्थानीय तथा सुरक्षाकर्मीहरू आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्