शक्तिशाली आयोग गठनगरि २५ वटा प्रमुख काण्डहरुको छानबिन गर्ने तयारीः गृहमन्त्री लामिछाने

काठमाडौं,१७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न २५ वटा ठूला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्रीले यस्तो बताएका हुन् ।

देशमा भएका जुन कुनै कालखण्डमा भएका मध्ये भ्रष्टाचारका २५ वटा ठूला काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी भइ रहेको कुरा सदनमा गृहमन्त्री लामिछानेले जानकारी गराए ।
कुनै पनि रुपमा भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको पनि थपे ।

भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । जोस र साहसका साथ हामी प्रस्तुत हुने छौं ।

प्रतिक्रिया दिनुहोस्