ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

काठमाडौँ। १७ असार। सुन तस्करी गर्ने समूहले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डै ३२ क्विन्टल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र अरु इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१.८९ केजी सुन तस्करी गरेको खुलेको हो । यसको हालको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्छ ।

२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्