नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ। १७ असार। पछिल्लो राजनीतिक घटनाक्रम र अबस्थाका बारेमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा समिक्षा तथा छलफल गर्नका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको पार्ठीले जनाएको छ ।

पार्टी सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए । ‘सभापतिजीले हिजो मात्र एमाले अध्यक्ष केपी ओलीजीसँग वार्ता गरेको विषय उठ्ने नै भयो । छलफलको एजेण्डा भने पार्टीको आन्तरिक विषय हो ।’

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए । उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने उनले बताए । नेपाली काँग्रेसका भातृ संस्थाहरुको गठन हुन नसकेका सबै केन्द्रीय विभागहरुको विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्