सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता १६२ रुपैयाँमा बिक्रीमा

काठमाडौ,  १६ असार । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ ।

बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्