डिम्याट खाता असार मसान्तभित्र नविकरण नगरे रोक्का हुने

काठमाडौ,  १६ असार । असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने भएको छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रत्येक वर्षको अन्त्यसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था अनुसार निक्षेप सदस्यहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने भएको हो । वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुको डिम्याट खाता नवीकरण हुन्छ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्