नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,१६ असार । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा राखेको हो ।

इन्स्योरेन्स कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने भएको छ ।

संस्थापक सेयरधनीले काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, सूचना प्रकाशित मितिले ३५ दिनभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले सूचनामा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्