नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले लाभांस पारित गर्न बोलायो वार्षिक साधारण सभा

काठमाडौं,१६ असार । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ ।

असार ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी साउन ६ गतेको लागि कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा १८औं र १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुने छ ।

सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तावित लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्