नागरिक लगानी कोषले लाभांन्स पारित गर्न बोलायो साधारण सभा

काठमाडौं, १६ असार । नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ । कोषको सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कोषले गत आ.व. २०७९/८० वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा गत आ.व को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ । यहि आउने असार १९ गते बुधबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्