मध्यअसारमा धेरै स्थानमा भारी वर्षा, सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौं, १६ असार । मध्य असारमा देश भर पानी परिरहेको छ । धेरै स्थानहरुमा भने रोपाई हुन बाँकी छ । मनसुनी वायुस्थानहरुमा प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आइतबार बिहान कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको हुने महाशाखाको पूर्वानुमान् छ्र

आज राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा र कोशी,बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षको धेरै प्रभाव र संभावना भएकाले बमढीपहिरोको जोखिमबाट बच्च सतर्क रहन गृहमन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्