समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार २४ असारदेखि

काठमाडौं, १४ असार । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आगामी असार २४ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार हुन लागेको हो ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने र गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । सम्झौताका बखत समता घरेलु लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४१ लाख छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पूँजी १४ करोड ८४ लाख रुपैयाँ छ ।

ती दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति दिएको थियो ।

दुबै कम्पनी बीच भएको आपसी सहमति बमोजिम लक्षित संस्था मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व प्राप्ति पश्चात् प्राप्त गर्ने संस्था (एक्वायर) समता घरेलु लघुवित्त वित्तीय संस्थाले सकार्ने र व्यहोर्ने छ ।

प्राप्तिपछि कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका-७, काभ्रेपलाञ्चोकमा रहने छ । असार २४ गतेदेखि दुबै कम्पनीको एकीकृत कारोबार हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्