भुकम्पबाट क्षतिग्रस्त बाल विकास माध्यमिक विद्यालयलाई सिटिजन्स बैंकद्वारा सहयोग प्रदान

काठमाडौं, १३ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागी एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गत असोजमा गएको विनासकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा अशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठानपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो ।

बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिव ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्