रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं,१३ असार । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ ।

रिलायन्सलाई बुक बिल्डिङ प्रक्रियाको माध्यमबाट आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

मिल्सले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाकाका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको छ ।

रिलायन्सले संस्थागत लगानीकर्तालाई यस अघि नै सेयर बाडँफाँट गरिसकेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्