पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौँ, १२ असार। भारी वर्षका कारण पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यसले गर्दा यात्रुलाई सास्ति भोग्नुका सार्थ अलपत्र परेको छ । बोटो खलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्