लमजुङ्गको हिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियो

काठमाडौं, १२ असार । देशभर वर्षा हुँदा धेरै स्थाहरुमा बाढिपहिरोले क्षती गरेको छ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो ।

मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । पहिरोबाट अन्य के कति क्षती भएको छ भन्ने कुरा प्रहरीले अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्