भारतको लोक सभाको सभामुखमा ओम बिरला चुनिए

काठमाडौं,१२ असार । ओम बिरला भारतको लोक सभाको सभामुख चुनिएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् । यस अघि सन् २०१९ देखि २०२४ सम्म लोक सभा सभामुख बनेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।

इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो । तर पर्याप्त संख्या अभावका कारण सुरेश सभामुख हुन सकनन् ।

सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।

 

 

प्रतिक्रिया दिनुहोस्