खेल बराबरीसँगै इंग्ल्यान्ड समूह विजेता, सर्बिया भने बाहिरियो

काठमाडौं,१२ असार । युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा समाप्त भएको छ ।

जर्मनीको कोल्नमा भएको इंग्ल्यान्ड र स्लोभेनियाबीचको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यस खेलसँगै इंग्ल्यान्डले ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

त्यस्तै, डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान ३/३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो । सर्बिया भने खेलबाट बाहिरिएको छ ।

यसअघि समूह डी मा अष्ट्रियाले नेदरल्यान्ड्सलाई ३/२ ले पराजित गर्दै समूह विजेता बनेको थियो । अन्तिम खेलमा फ्रान्स पोल्यान्डसँग १/१ को बराबरीका साथ समूह उपविजेता बन्दा नेदरल्यान्ड्सले पनि अन्तिम १६ मा स्थान बनायो । यस समूह डी बाट पोल्यान्ड यस अघिनै बाहिरिसकेको थियो ।

हालसम्म अन्तिम १६ मा डेनमार्क र जर्मनी तथा स्विटजरल्यान्ड र इटालीले एक अर्कासंग खेल्ने पक्का भइसकेको छ । त्यसैगरि समूह ई र एफ कोे अन्तिम चरणको खेल हुन अझै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्