विराटनगर पानीले भरिएर जलमग्न
काठमाडौं, १२ असार । देशभर वर्षा हुँदा धेरै स्थाहरुमा बाढिपहिरोले क्षती गरेको छ । आज रातभर वर्षाका कारण विराटनगरका केहि स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर जलमग्न भई डुवानमा परेको छ ।
नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भइै डवानमा परेको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।
विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेको र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार बिहानबाट परेको वर्षाले विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन् । अध्यक्ष न्यौपानका अनुसार ३ सय बढी सर्वसारधाणको घरमा पानी पसेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ को राजवंशी चोक आसपास पनि परेको पानी बस्तीमा पसेको छ ।
बाढी प्रभावितलाई राख्नका लागि वडाभित्रका विद्यालय तथा सामुदायिक भवनलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
बस्तीमा बाढी नपसेको तर वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको प्रहरीले जनाएको छ । कोशी राजमार्गको मुनालपथ खण्ड पनि पानीले निकास नपाउँदा जलमग्न छ ।
मोरङको हरैंचा स्टेसनमा गत २४ घण्टाको अवधिमा ९५ मिलिमिटर र लेटाङमा ३८।६ मिलिमिटर वर्षा मापन भएको छ ।
२४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा झापाको केचनामा १५४ मिलिमिटर र कास्कीको लामापाटनमा १४८ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।
ठाउँ–ठाउँमा भारी वर्षा गराउने बादल विकसित भएकाले थप वर्षा हुने सम्भावना छ । त्यसले क्षति पुर्याउन सक्ने भन्दै पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
चितवनको गोविन्दबस्तीमा एक घण्टामै झण्डै ३४ मिलिमिटर वर्षा
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने चितवनको गोविन्द बस्ती स्टेसनमा रेकर्ड भएको छ । त्यहाँ ३३।८ मिलिमिटर वर्षा मापन भएको छ । चितवनकै कल्याणपुरमा २३।२ मिलिमिटर वर्षा भएको छ ।
गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा यस्तै नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७।२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
महोत्तरीको गौशालामा २१.२, पोखराको लामपाटनमा १८.८, कञ्चनपुरको शान्तिपुरमा ११.६ र सोलुखुम्बुको पेकरनास स्टेसनमा ११.४ मिलिमिटर वर्षा एक घण्टाको अवधिमा भएको छ ।
प्रतिक्रिया दिनुहोस्