मजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं, १२ असार। वर्षा बढ्नलेसंगै बाढिपहिरोको समस्या बढ्दै गएको । यस्तै लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।

उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ ।

त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए । यसले गर्दा के कूतो अवस्थामा छ त्यो भन्न सक्ने अवस्था छैन । देशर भर मनसुन सक्रिय भएकाले हेरकले सतर्करहन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्