यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं,११ असार । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । आज इन्स्योरेन्स र क्यापिटलबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा यूनाइटेड अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्