चिकित्सा शिक्षा आयोगले ग‍र्‍यो शुल्क निर्धारण

काठमाडौं, ११ असार । राष्ट्रिय चिकित्सा आयोगले एक सूचना जारी गरी चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ ।

आगामी शैक्षिक सत्र २०८१/८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

राष्ट्रिय चिकित्सा आयोगका उपसचिव टिमाराम शर्माले स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको बताए ।

त्यसैगरि, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ । यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी। मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ ।

त्यस्तै, स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ ।

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले सूचना मार्फत जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्