प्रभु लाइफले ६० करोडको आईपिओ बिक्री गर्ने प्रस्ताव

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी जेठ १० गते आईपिओ निष्कासनको प्रस्ताव राखेर प्रथम साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको छ ।

२ अर्ब रुपैयाँ जारी पूँजी रहेको कम्पनीमा संस्थापक शेयरधनीको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीमा प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।

कम्पनीले ६० करोड रुपैयाँ आईपिओ बिक्री गरेर बीमा समितिले तोके बमोजिमको दुई अर्ब चुक्ता पूँजी कायम गर्नेछ । सभाले नयाँ सञ्चालक समितिको समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्