हिमालय ऊर्जाले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तोक्यो

काठमाडौं,११ असार । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हकप्रद सेयर बिक्रीका लागि असार २० गतेला ई बुक क्लोज मिति तोकेको हो । असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरका लागि आवेदन गर्न हकदार हुने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर १ः१ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले यस हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ तोकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजि १ सय अन्ठानब्बे करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्