प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकआज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत अन्य कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभा सदस्यहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ ।

अर्थ मन्त्री वर्षमान पुनले ुविनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले ुआर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्ु, ुराष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस्ु र ुभन्सार महसुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । संसदमा लगतार बजेट माथि छलफल भईरहेको छ । सांसदहरुले बजेटमााथी कताक्ष गरि विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्