हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै
काठमाडौं,१० असार । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आजबाट समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुने भएको हो ।
कम्पनीले गत पुस ११ गते साधारणा बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
उक्त बाँडफाँड गरिएको सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्