न्यूनतम मूल्य १०१ रुपैयाँमा निफ्राको दश लाख कित्ता सेयर आजदेखि बिक्रीमा
काठमाडौं, १० असार। निफ्राको दश लाख कित्ता आज देखि बिक्रीमा, न्यूनतम मूल्य १०१ रुपैयाँ मात्र
एनआईसी एसिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा ल्याएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर आज असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।
आजदेखि बिक्रीमा आएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। असार १७ गतेसम्मलाई आवेदन दिने म्याद तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्