जाल्पा लघुवित्त र किसान लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं,१० असार । नेपाल स्टक एक्सचेञ्जले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक सूचना जारी गरि शेयर कारोबार रोक्का गरेको छ ।
यी लघुवित्त एक आपसमा मर्ज गर्नका लागि शेयर कारोबार रोक्का गरिएको हो । मर्जर पश्चात मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने छ । मर्जर प्रयोजनका लागि ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गरिएको हो ।
एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट गत जेठ २९ गते अन्तिम स्वीकृती दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्