नागरिक लगानी कोषले बोलायो साधारण सभा

काठमाडौं,१० असार । नागरिक लगानी कोषले घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कोषले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९औँ  वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजे देखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा  प्रयोजनको लागि कम्पनीले असार २० गते बुकक्लोज गर्ने भएको छ । यहि असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन रकम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्