मोडल ढकाल नयाँ गीत बजारमा ल्याउन तयारीमा जुट्दै

काठमाडौं, १० असार । करिब एक दशकदेखि नेपाली गीत संगीतमा कृयाशिल बबी रोजा ढकाल एक चर्चित मोडल समेत हुन्।
सानैदेखि गायन क्षेत्रमा अभिरुचि राख्ने ढकाल शोखले मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन ।
उनी नेपाल चलचित्र कलाकार संघमा पनि आवद्ध छिन्। समाजसेवामा सक्रिय उनी आध्यात्मिक भावना तथा जीवन र दर्शनका पुस्तक पढ्न मन पराउँछिन्।
अहिले विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपाली समाजमा प्रभाव परेकाले कुनैपनि क्षेत्रमा संलग्न मानिसहरू सन्तुष्ट हुन नसकेको बताउछिन ।
सदैव सकारात्मक सोच राख्ने ढकालले नयाँ गीत बजारमा ल्याउन लागेको जानकारी दिएकी छन ।
स्वदेशमै बसेर मौलिक गीत÷संगीत तथा संस्कृतिको प्रवर्द्धनमा उनी लागेकी छन । उनको यो सांगितिक यात्राले नेपाली कला क्षत्रमा नयाँ आयम पक्कै पनि थप्ने छ ।

प्रतिक्रिया दिनुहोस्