जिल्ला व्यापी पाँचौं अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौं, १० असार । ललितपुर जिल्ला भरी छरिएर रहेका विद्यालयहरूको समूह एकाडेमिक एण्ड लर्निङ एचिभ्मेन्ट थ्रु रियल मेनेज्मेन्ट नेपाल (अलार्म नेपाल)को आयोजनामा जिल्ला व्यापी पाँचौं अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएकोछ ।

उक्त प्रतियोगितामा ललितपुर जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका २५ विद्यालयका ९८ विद्यार्थीहरूको सहभागिता रहेको थियो । साथै सोही अवसर पारी अलार्म नेपालले राष्ट्रिय सभाका सदस्य माननीय जित जङ्ग बस्नेतलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान समेत गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य जित जङ्ग बस्नेत र विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निम प्रकाश सिंह राठोरले संयुक्त रूपमा बिजेता विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो ।

सोही क्रममा बोल्दै प्रमुख अतिथि माननीय जित जङ्ग बस्नेतले अलार्म नेपाल गरेको कार्यक्रम सराहनीय रहेको बताउदै यस्ताखालका कार्यक्रमले विद्यार्थीहरूमा प्रस्तिपर्धी भावनाको विकास गर्ने मात्र नभइ शैक्षिक रूपमा अब्बल बनाउने तथा व्यवहारिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निम प्रकाश सिंह राठोरले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न मात्र नभई समग्र राज्यको शैक्षिक स्तरलाई अझ माथी यस्ता प्रकारका अतिरिक्त क्रियाकलाप आजको आवश्यक रहेको बताउदै यस्ता क्रियाकलापहरूलाई निरन्तरता दिन समन्वय इकाईले पनि भुमिका खेल्ने जानकारी गराउनु भएको थियो ।

राष्ट्रिय सभाका सदस्य माननीय जित जङ्ग बस्नेतको प्रमुख आतिथ्य‌मा संचालित कार्यक्रमको सभापतित्व अलार्म नेपालका अध्यक्ष श्री कन्हैया सिंह कुवरले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी हुने र विजेता हुने विद्यार्थीहरूलाई शुभकामना तथा बधाई ज्ञापन गर्नु हुँदै सस्थाका अध्यक्ष कन्हैया सिंह कुवरज्यूले अलार्म नेपाल विद्यालय स्तरका विद्यार्थीहरूलाई वातावरण संरक्षणमा हामीले के कस्तो भुमिका निर्वाह गर्न सकिने रहेछ भन्ने जिम्मेवारीबोध गराउने उदेश्य राखी सोही अनुसारको विषयमा चित्रकला प्रतियोगिता संचालन गरेको जानकारी गराउदै अलार्म नेपालले शिक्षक तथा विद्यार्थी लक्षित विभिन्न क्रियाकलाप निरन्तर रूपमा सन्चालन गरि रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नु हुँदै अलार्म नेपालका उपाध्यक्ष अर्जुन महर्जनले वातावरण संरक्षण गर्ने जस्तो महत्त्वपूर्ण कार्य सम्पूर्ण तह र तप्काबाट गर्नु पर्ने आजको टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै राज्य स्तरबाट पनि यस्ता कार्यक्रम हुन सके अझ सहज हुनेहुन बताउदै राज्यले महत्वपूर्ण भुमिका खेल्न खेलोस भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

सो प्रतियोगितामा सिनियर तर्फ साइनिङ स्टार्स स्कुल सानेपाकी बेगमी राज घतानीले प्रथम स्थान, प्याराडाइज स्कुल सानेपाका आशिक वाइबा तामाङ्गले द्वितीय स्थान र उन्नती सेकेण्डरी स्कुल लगनखेलका सन्कल्प तामाङ्गले तृतिय स्थान हासिल गरेका थिए ।

त्यस्तै जुनियर तर्फ हिमालयन स्कुल भनिमण्डलकी रितिका श्रेष्ठले प्रथम स्थान, प्यारडाइज स्कुल सानेपाकी रोनियाले महर्जन द्वितीय स्थान र किडल्याण्ड स्कुल कुसुन्तीकि आराध्या खत्रीले तृतीय स्थान हासिल गरेको संस्थाका सचिब गोबिन्द अधिकारीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्