कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशकामा मनसुनी आंशिक प्रभाव
काठमाडौं, १० असार । असार, यो समय भनेको किसानको लागि माना खाई मुरी उब्जाउने समय हो । यो धान रोपाई गर्ने समयमा किसानलाई कामको चटारो हुन्छ । तर सोचेजस्तो
वर्षा नहँदा किसानलाई रोपाई गर्न समस्या परेको छ । रोपाईको लागि आकाशे पानीको भर पनूपर्ने स्थान धेरै छन् । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भ–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकले बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ्र
भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।
भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । असारको दोस्रो साता हुँदा समेत प्रसस्त्र वर्षा नहुँदा किसानले रोपाई गर्न पाएको छैनन् । यसले धान रोपाई र उत्पादनमा प्रभाव पर्ने छ ।















प्रतिक्रिया दिनुहोस्