एनआईसी एशिया लघुवित्तका अध्यक्षले दिए पदबाट राजीनामा

काठमाडौं,९ असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले पदबाट दिएको राजनीमा स्वीकृत भएको छ ।

लघुवित्तको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले गत असार ६ गतेबाट लागू हुने गरि दिएको राजीनामा स्वीकृत गरेको हो । पौडेलले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

माघ २, २०८० मा बसेको संचालक समितिको बैठकले सञ्चालक पदमा कार्यरत पौडेललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्