एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता शेयर बेच्दै
काठमाडौं,९ असार । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर बिक्रीमा राख्ने भएको छ । निफ्राको १० लाख कित्ता संस्थापक शेयर भोलि असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो ।
यस शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै व्यक्ति तथा संस्था जो कोहिले पनि खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद असार १७ गते कार्यालय समय सम्मलाई तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
निफ्राको यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ । खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्