बुन्डेस लिगामा बायर्न म्युनिख विजयी

म्युनिख (एजेन्सी) – बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले आरबी लेपजिगलाई २–० ले हराएको छ । घरेलु टोलीको जितमा रोबर्ट लेवान्डोस्की र ह्यामेस रोड्रिगेजले गोल गरेका थिए ।

खेलमा राम्रो सुरुवात गरेको लेपजिग तेह्रौँ मिनेटमा विलि ओर्बानको रातो कार्डसँगै १० खेलाडिमा सीमित हुन परेको थियो ।

तर १९ औँ मिनेटमा हामेस रोड्रिगेजले पाएको अवसर खेर नफाल्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । रोब्बेनको पासलाई सदुपयोग गर्दै उनले सुन्दर गोल गरेका थिए ।

त्यस्तै पहिलो हाफमा बायर्न थप गोल गर्न सफल रह्यो । जाभि मार्टिनेजको पासमा लेवान्डोस्कीले अफ–साइड ट्र्याप बिट गर्दै बललाई पोस्टको दिशा दिएका थिए । सिजनको उनको यस दशौँ गोलका साथ बायर्नले पूरा ३ अंक पनि सुनिश्चित गरेको थियो ।

यस जितसँगै बायर्न १० खेलमा २३ अंकका साथ तालिकाको अग्रस्थानमा रहेको छ भने लेपजिग १९ अंकका साथ तेस्रोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्