रिलायन्स फाइनान्सका शेयरधनिको हात खाली, यसपटक लाभांश वितरण नगर्ने
काठमाडौं,९ असार । रिलायन्स फाइनान्सले गत आ.व २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार (असार ७ गते) बसेको सो बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
रिलायन्स फाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्