हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न बोर्डको स्वीकृती

काठमाडौं,९ असार । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई असार ७ गते शुक्रबार हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो ।

हिमालयन उर्जाले अब हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हाल चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । त्यसैगरि शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

हिमालयन उर्जाले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड लाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्