आईएमई समूहले मध्यकालीगण्डकी ६६.३ मेगावाट आयोजना बनाउने

काठमाडौं,७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हने मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन भएको छ ।

आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने भएका हो ।

शुक्रबार आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन ।

आयोजनामा नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैकले लगानी गर्नेछन् ।

आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित रहेको जनाएको छ । आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी ९इक्विटी० बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् ।

कुल ऋणमध्ये नबिल बैंकले ३ अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २/२ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैकले १/१ अर्ब रूपैयाँ लगानी गर्नेछन् ।

मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ देखि सुरुभई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्