कच्चा तेलको भाउ लगातार दोस्रो साता बढेर २ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार बढेको छ । विश्वको सबैभन्दा ठूलो तेल उपभोक्ता अमेरिकामा मागमा सुधार र तेल तथा इन्धनको घट्दो रिजर्भका कारण कच्चा तेलको भाउ लगातार दोस्रो साता पनि बढेर बन्द हुन लागेको हो ।

कच्चा तेलको मूल्य गत साता पनि बढेको थियो । त्यसैगरि यो साता पनि त्यसले निरन्तरता पाउने भएको छ । जुन महिनाको सुरुवातसंगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ करिब ५%ले बढेर करिब २ महिनायताकै उच्च विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ ।

शुक्रबार भने भाउमा सामान्य उतारचढाव देखिएको छ । ब्रेन्ट क्रुड ०.०८ डलरले घटेर प्रतिब्यारेल ८५.६३ डलरमा कारोबार भइरहेको छ ।

  • एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्