क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फद, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक
काठमाडौं । क्लासिक टेकको बिल भुक्तानीमा एक अफर सार्वजनिक गरिएको छ । जसअनुसार सेलपे वालेट मार्फत भुक्तानी गर्दा ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक गरिएको हो ।
त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ Mbps सहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टि. भी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० Mbps इन्टरनेट ३ महिनाको मात्र रु. ३३०० जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।
उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म लागू हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्