गृहमन्त्री रवि लामिछानेको मुद्दाको पेशी असार १८ मा

काठमाडौं , ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । सर्वोच्चले अर्को पेशी असार १८ गतेका लागि तोकेको छ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेका तर्फबाट बहसका लागि समय नपुगेको र जवाफ पनि बाँकी रहेकाले अर्को दिन असार १८ गते पेशी तोकिएको सर्वोच्चका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्