सिटिजन्स बैंकको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,७ असार । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने यो सेयर इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा नारायणहिटी पथमा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
यस सेयरको लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

यस सेयर खरिदका बैंकले तोकेको समयसिमा भित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्