एक्सेल डेभलपमेन्ट बैंकले असार २९ गते बोलायो साधारण सभा

काठमाडौ,७ असार । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असार २९ गतेको लागि साधारण सभा बोलाएको छ । साधारण सभा बिर्तामोड, झापाको सिद्धार्थ होटलमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

बैंकले यस वर्ष लाभांश बितरण सम्बन्धी प्रस्ताव गरेको छैन । सभा प्रयोजनार्थ बैंकले असार १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार १६ गतेसम्म कायम सेयरधनीले सभामा भागलिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्