५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। जसका लागि आज बैंकले अपराह्न ३ बजे बोलकबोल गर्दै छ ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब रुपैयाँ तान्न लागेको हो।

राष्ट्र बैंकले निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको छ ।

यो १४ दिने निक्षेप संकलन उपकरणको असार २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्