सिटिजन बैंकको २७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं, ६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी यसबहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपियाँ तोकिएको यो सेयर जोकोही सर्वसाधारण तथा संघसंस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ।
यसअघि बैंकले संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको थियो। तोकिएको मितिमा खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
प्रतिक्रिया दिनुहोस्