नेपाली सेनाका महासेनानी मल्ल किन परे बर्खास्तगीमा

काठमाडौं, ५ साउन । नेपाली सेनाका महासेनानी दिरेन्द्र मल्ल बर्खास्तगीमा परेका छन् । उनको आफु कार्यरत कार्यालयमा पेश गरेका विभिन्न कागजातमा कैफियत फेला परेपछि महासेनानी मल्ललाई नेपाली सेनाले बर्खास्त गरेको हो ।

नेपाली सेनाको समरी सैनिक अदालतले मल्ललाई बर्खास्त गरेको हो । महासेनानी मल्ल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगमा काम गर्दै आएका थिए ।

उमेर सम्बन्धी जानकारी दिने कागजातलाई लिएर उजुरी परेपछि नेपाली सेनाले मल्ललार्ई नेपाल झिकाएको थियो । यस विषयमा उनीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार प्रमाणपत्रहरूमा कैफियत देखिएकाले छानबिनपछि महासेनानी मल्ल भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्